stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

डिप्रोक्स लघुवित्तले ४५ प्रतिशत लाभांश वितरण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

 

काठमाडौं, २६ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । लघुवित्तको आज चितवनमा सम्पन्न १८ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपश्चात् संस्थाको चूक्तापूँजी १ अर्बभन्दा बढी पुग्ने छ ।
साधारण सभाले अन्य वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा उपयुक्त लघुवित्त वित्तीय संस्थाको खोजी गर्ने, मर्जर तथा प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।
त्यस्तै संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको छ भने ५ अर्व रुपैयाँ निक्षेप संकलन गरको छ । ७१ जिल्लामा शाखा विस्तार गरिसकेको संस्थाको ग्राहक संख्या २ लाख २० हजार छ ।

prabhu mahalaxmi
kumari