macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

मन्दिरको सामानहरु चोरी गरेको अभियोगमा पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

मोरङ, २६ माघ । रंगेली नगरपालिका स्थित संसारी माईस्थान मन्दिरबाट विभिन्न सामानहरु चोरी गरेको अभियोगमा रंगेली नगरपालिकाका भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको जानकारी प्राप्त हुनासाथ मन्दिरमा जडान गरेको सिसी क्यामेराको फुटेज तथा अन्य प्रविधि प्रयोग गरी चोरी गर्ने मानिसहरुको प्रहरीले खोजी गर्ने क्रममा घटनामा प्रयोग भएको ज.१२ प ५४६८ नम्वरको मोटरसाइकल पराजुलीको घर आँगनमा पार्किङ गरी राखेको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनको कोठा तलासी गर्ने क्रममा चोरी भएको सामान मध्ये संसारीमाताको मूर्तिको टाउकोमा लगाउने चाँदीको मुकुट १ थान, चाँदीको जस्तो देखिने सिक्री ३ वटा, छत्र १ थान, त्रिशुल १, पित्तलको गणेश, छोटीमाताको पुरानो मूर्ति २ थान, पित्तल र फलामको त्रिशुल २ थान लगायतको सामान र घटनामा प्रयोग भएको उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२६ माघ २०७६, आइतवार १८:२२ बजे प्रकाशित

NTA long ad