stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकको  १८ करोड १७ लाख नाफा आर्जन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १८ करोड १७ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंक ३ अर्ब ८७ करोड २० लाख ४२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेकामा गत आवको सोही अवधिमा घटेर ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खुद फि तथा कमिशनबाट हुने आम्दानी १ अर्ब २१ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ रहेको छ ।

बैंकको सञ्चालन नाफा ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रह्को थियो । गत आर्थिक वर्षको सोही अवधिमा ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म  बैंकको  वितरण योग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख २३ हजार ऋणात्मक रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.२२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ रहको छ । बैंकको निष्कृय कर्जा ८.७४ प्रतिशतबाट ९.२६ प्रतिशत रहेको छ ।

IME Lifesidebar
kumari