citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १०.७१ प्रतिशतले बृद्वि

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीकाे नाफा र कुल बीमाशुल्क आर्जन केही घटेको देखिन्छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सकाे २ अर्ब ६२ करोड रुपैयाँ शेयर पूँजी रहेको छ। कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ७५ लाख रुपैयाँ छ।

अघिल्लो आर्थिक वर्ष विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब भन्दा माथि कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.९१ प्रतिशतले घटेको छ ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन पनि १०.७१ प्रतिशतले बृद्वि भएकाे छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियाे।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ४२ करोड १६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले यस समीक्षा अवधिमा पुनर्बीमा मार्फत कम रकम खर्चिएको छ ।

समीक्षा अवधिमा कम्पनीले ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा सामान्य घटेको देखिन्छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९४ पैसा र कम्पनीको प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

IME Life
kumari