stcnepal long ad
global ime bank long

गरिमा विकास बैंकको नाफा २८ प्रतिशत बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ६५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा यसै बैंकले कमाएको १ अर्ब २८ करोड ७४ लाख रुपैयाँको तुलनामा गत वर्ष २८.३७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षमा बैंकको ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानीमा गरेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ८१ कराड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत आवमा बैंकको ब्याज आम्दानी ५.६४ प्रतिशतले बढेको हो ।

यता बैंकको कुल सञ्चालन आम्दानी पनि ४ अर्ब २५ करोड ८० लाख रुपैयाँबाट ७.२७ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १ अर्ब ८० करोड ८७ लाख रुपैयाँबाट १४.६५ प्रतिशतले बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ नाघेको छ ।

योसँगै बैंकको वितरणयोग्य मुनाफा पनि गत आर्थिक वर्षमा ५९ करोड ९२ लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भई १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी २१.९६ रुपैयाँबाट २८.०४ रुपैयाँ पुगेको छ भने खराब कर्जा सामान्य बढेर ४.७६ प्रतिशत पुगेको छ ।

बैंकको आधारदर ५.२६ प्रतिशत, कस्ट अफ फण्ड ३.५३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७७.२६ रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँबाट ६ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने रिजर्भ कोष २ अर्ब ९८ करोड रुपैयाँबाट ३ अर्ब ४३ करोड रुपैयाँ नाघेको छ ।

यता बैंकले लगानी विस्तार पनि उल्लेख्य मात्रामा गरेको देखिएको छ । बैंकको ग्राहकमा हुने कर्जा प्रवाह ६९ अर्ब १३ करोड रुपैयाँबाट ७८ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने ग्राहकबाट हुने निक्षेप संकलन पनि ९० अर्ब ११ करोड रुपैयाँबाट ९८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

IME Lifesidebar
kumari