stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरसँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको भनिएको अनियमितताको आरोपमा पन्तलाई नियन्त्रणमा लिएको हो। सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई अनुसन्धान अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अनुसन्धान रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जासँग जोडिएको छ। उक्त कर्जा स्वीकृति तथा वितरण प्रक्रियामा अनियमितता भएको आशंकाका आधारमा सीआईबीले अनुसन्धान अघि बढाएको जनाएको छ।

यसै प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल पनि यसअघि नै अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन्।

IME Lifesidebar
kumari