stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु ७ अर्ब राख्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि असार ३ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ६० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ जुन १९ देखि २०२७ जुन १९ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

IME Lifesidebar
kumari