citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि वैशाख ९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८ अर्ब रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५० करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५० करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ अप्रिल २८ देखि २०२७ अप्रिल २८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

IME Life
kumari