stcnepal long ad
global ime bank long

कामना सेवा विकास बैंकको खुद आम्दानी एक अर्ब ३६ करोड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना महामारीका कारण ऋणीहरुले साँवा ब्याज भुक्तानी नगर्दा कामना सेवा विकास बैंकको नाफा प्रभावित भएकोछ ।

आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चौथो त्रैमासमा मात्रै ३१ करोड रुपैयाँ सहित ४३ करोड ४७ लाख रुपैयाँ प्रोभिजन गर्दा मुनाफा पाँच करोड ४८ लाख ३८ हजार ३४८ रुपैयाँमा सीमित भएको छ ।

बैंकले यस वर्ष दुई करोड ३५ लाख दुई हजार १४९ रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष १५ करोड भन्दा बढि कर भुक्तानी गरेको थियो ।

मुनाफा घट्दा कर समेत घटेको छ । बैंकको खराव कर्जा केही बढेको देखिएको छ । ०.९ रहेको खराव कर्जा यस वर्ष बढेर २.१३ पुगेको छ । खराव कर्जा बढ्नुमा कोरोना मुख्य कारणको रुपमा लिन सकिन्छ ।

त्यस्तै बैंकले कष्ट अफ फण्ड ७.६१ प्रतिशत रहेको छ भने सिडी रेसियो ७४.६ प्रतिशत छ । बैंकको ब्याजदरको बेस रेट १०.५५ छ भने स्प्रेडदर ४.९१ छ । समीक्षा अवधीमा बैंकले निक्षेप ३१ अर्ब ९० करोड २० लाख ९३ हजार १ रुपैयाँ जम्मा गरेको छ ।

अघिल्लो वर्ष जम्मा २१ अर्ब रहेको निक्षेप यस वर्ष ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, बैंकले २५ अर्ब भन्दा बढि कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकको कर्जा १८ अर्ब मात्रै थियो । बैंकको करिब ७६ करोड रुपैयाँ कर्मचारी तथा अन्य सञ्चालन खर्च बापत खर्च गरेको छ ।

IME Lifesidebar
kumari