stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकको खुद नाफा घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ । यस अवधिमा नाफा २६.२२% ले घटेर १ अर्ब २५ करोड २० लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष बैंकले १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष १ अर्ब ३२ करोड ४ लाख ५८ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार मसान्तसम्म आइपुग्दा ९० करोड ८२ लाख ७८ हजार रुपैयाँमा सीमित भएको छ । यो अघिल्लो वर्षको भन्दा ३१.२१% ले कम हो ।

चौथो त्रैमासमा निक्षेप संकलन २२.१८% र कर्जा लगानी २२.६२% ले विस्तार भएको छ । खुद ब्याज आम्दानी ८.७९% ले बढेर ३ अर्ब ८६ करोड १८ लाख ९९ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा भने २०.६१% ले घटेर १ अर्ब ९० करोड ५४ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।

खराब कर्जा ०१७% ले बढेर ०.५४% मा पुगेको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि दबाबमा परेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ २६ पैसाले घटेर १४ रुपैयाँ ८० पैसामा आएको छ । यसको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ८० पैसा रहेको छ ।

IME Lifesidebar
kumari