हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिटान्स सम्झौता
काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमइ रेमिट प्रा.लि.बीच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ ।
उक्त सम्झौतामा जिएमइ रेमिट प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक अहेमेद शाजिमखमिसाले हस्ताक्षर गरेका छन् ।
जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लोपैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।
नेपालमा जिएमइ रेमिट सँग आबद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।






















