stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवा विकास बैंकको सहायक कम्पनी स्थापना, मर्चेन्ट बैंकिङ सेवा दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

कामना सेवा विकास बैंकले पनि आफ्नै सहायक कम्पनी सञ्चालन गरेको छ । मर्चेन्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागि आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

उक्त कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको बैंकले जनाएको छ । यसअघि बैंक र आकाश क्यापिटलबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।

नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गरी मर्चेन्ट बैंकिङ सेवा सञ्चालन गरिने बैंकले जनाएको छ ।

हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी कामना सेवा विकास बैंकको सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकको भनाइ छ ।

prabhu mahalaxmi
kumari