stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको ८ लाख ३८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८ लाख ३८ हजार १४९.६३ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

prabhu mahalaxmi
kumari