stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा रु १ अर्ब १० करोड लगानी गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

यसका लागि फागुन १३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 

prabhu mahalaxmi
kumari