stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सिद्धार्थ बैंकको क्रेडिट कार्डमा कर्जा लिएर नतिर्ने १०४ जनाको तीन पुस्ते सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्ड मार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने १०४ जना ऋणीको नाम सार्वजनिक गरेको छ ।

बैंकले सूचना जारी गर्दै पटक–पटक लिखित तथा मौखिक रूपमा ताकेता गर्दा पनि बक्यौता नतिरेपछि सार्वजनिक सूचना प्रकाशन गर्न बाध्य भएको जनाएको छ ।

बैंकका अनुसार सम्बन्धित क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य देय रकम चुक्ता गर्न अन्तिम अवसर दिइएको छ ।

तोकिएको अवधिभित्र रकम नबुझाए कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

साथै, बक्यौता कायम रहने ऋणीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया समेत अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ ।

prabhu mahalaxmi
kumari