stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३ हजार बराबरको नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार बराबरको बोनस शेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार पुग्ने भएको छ ।साधारण सभाले आर्थिक वर्ष ०८१/८२ को वित्तीय विवरण सहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । साधारण सभा पुष ७ गते सोमबार काठमाडौँमा सम्पन्न भएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari