stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये प्रथम चरणमा १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो।

यसमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिनेछ।

पहिलो चरणको आईपीओ बाँडफाँडपश्चात् बैंकले ८६ हजार १९४ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र २६ हजार ११९ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग’ दिएको छ यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

prabhu mahalaxmi
kumari bank
kumari