stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्।

बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूलाइै नै दिनुपर्ने भएकाले हाल उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको समयावधिभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari