सानिमा बैंकको २१ वर्षः निरन्तर सेवा र भविष्यतर्फको प्रतिबद्धता
काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको अवसरमा भव्य वार्षिकोत्सव मनाएको छ।
बैंकले दुई दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल र विश्वासिलो बैंक बन्न सफल भएको स्मरण गर्दै यस अवसरमा कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गरेको छ।
वार्षिकोत्सव कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले २१ वर्ष पूरा भएको अवसरमा बैंकका कर्मचारी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे। आचार्यले बैंकको लक्ष्यप्राप्तिका लागि सबै कर्मचारीसँग मिलेर सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिंदै कर्मचारीहरूलाई प्रोत्साहित पनि गरे।
सानिमा बैंकले आफ्नो २१ वर्षको सफल यात्रामा सातै प्रदेशमा सेवा विस्तार गर्दै १३४ वटा शाखा र १२७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयोग्य सेवा प्रदान गर्दै आएको छ।
बैंकको स्थापनापछि देखिएको निरन्तर विकास र सबल सेवा प्रदान गर्ने प्रतिबद्धताले यसलाई नेपालका सबै क्षेत्रका ग्राहक तथा व्यवसायिक सरोकारवालाबीच विश्वासिलो वित्तीय संस्था बनाएको छ।
बैंकको प्रारम्भिक इतिहासमा सानिमा बैंक एक राष्ट्रिय स्तरको विकास बैंकको रूपमा २०४५ सालमा सञ्चालनमा आएको थियो।
त्यसपछि बैंकले निरन्तर आफ्नो दायरालाई विस्तार गर्दै आएको थियो। विशेषगरी २०६८ साल फेब्रुअरीदेखि बैंकले “क” वर्ग वाणिज्य बैंकको रूपमा सेवा विस्तार गरेको थियो। यसको मुख्य कार्यालय नक्साल, काठमाडौंमा रहेको छ।
बैंकको मिशन भनेको निरन्तर नवीनता अपनाउँदै, परिवर्तनलाई आत्मसात् गर्दै लगानीकर्ता, कर्मचारी, ग्राहक, नियामक तथा समाजलाई सन्तुष्ट तुल्याउने रहेको छ। यसै उद्देश्यले बैंकले ग्राहक सेवा सुधार, व्यावसायिक वृद्धि र लगानीकर्ताको विश्वास कायम राख्ने प्रतिबद्धता देखाउँदै आएको छ।
सानिमा बैंकले आफूलाई सबैभन्दा भरोसायोग्य वित्तीय संस्था बनाउनका लागि उच्च स्तरको पेशागत इमानदारी, नैतिक मान्यताहरू, राम्रो संस्थागत व्यवस्थापन र नियामक अनुपालनमा विशेष ध्यान दिँदै आएको छ। यसको परिणाम स्वरूप बैंकलाई नेपालका बैंकिङ्ग उद्योगमा विश्वासिलो, सबल र निरन्तर योगदान पुर्याउने संस्था रूपमा हेरिएको छ।
सानिमा बैंकले कम्पनी तथा खुद्रा ग्राहकहरूलाई वित्तीय सेवाका विभिन्न प्रकारका उत्पादन उपलब्ध गराउँदै आएको छ।
यसमा बचत, चालु खाता, ऋण सुविधा, निक्षेप योजना, डिजिटल भुक्तानी सेवा र अन्य आधुनिक बैंकिङ्ग सेवा समावेश छन्। बैंकका ग्राहकहरूले सातै प्रदेशका शाखा तथा ए।टि।एम। मार्फत सहज पहुँच पाउने व्यवस्था रहेको छ।
बैंकको यो वार्षिकोत्सव अवसरले दुई दशकभन्दा बढी समयदेखि बैंकिङ्ग क्षेत्रमा गरेको योगदान र सफलता सम्झनाको अवसर पनि प्रदान गरेको छ। यस अवसरमा ग्राहक र सरोकारवालाहरूलाई सम्मान गर्दै भविष्यमा अझ सबल र विश्वसनीय बैंक बन्नका लागि बैंकले आफ्नो प्रतिबद्धता दोहो(याएको छ।
सानिमा बैंकको २१औं वार्षिकोत्सव केवल बैंकको मात्र उत्सव नभएर नेपालमा बैंकिङ्ग सेवा क्षेत्रको निरन्तर विकास र ग्राहक सन्तुष्टिको उत्सवको रूपमा मनाइएको छ।
आगामी दिनहरूमा बैंकले आफ्ना ग्राहक, कर्मचारी तथा सरोकारवालासँगको साझेदारीलाई अझ सुदृढ गर्दै वित्तीय सेवामा नवीनता र गुणस्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।





























