stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य हुनु भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशहरु बाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्नुभएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र सोही क्रममा दोस्रो कार्यक्रम अन्तर्गत कर्णाली र सुदुर पश्चिम प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराउनु भयो ।

वहाँले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताउनु भयो ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गर्नुभएको थियो । तालिमको क्रममा वहाँले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र शीप चाहिने बताउनु भयो ।
समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लान उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको सहभागि अभिकर्ताहरुले बताउनु भएको थियो ।

prabhu mahalaxmi
kumari