आजबाट रु १०० को नयाँ नोट बजारमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सय रुपियाँको नयाँ नोट छाप्ने तयारी गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले संकेत नं क २० ०००००१ देखि घ ४० ९९९९९९ सम्मको नोट आजदेखि बजारमा ल्याउने भएको हो ।
यो नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ । मध्यभागमा नेपालको नक्सा, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
यस्तो छ राष्ट्र बैंकले आजबाट जारी गर्न लागेको १०० को नोटको विशेषता:































