stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी सेभिङ अकाउन्ट’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो अकाउन्टको प्रारम्भ गरेका हुन् ।

यो बचत खाताले युवाहरू विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय जनसमुदायलाई उनीहरूको जीवनशैली अनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

यस बचत खाताका विशेषताहरुमा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३।०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ ।

साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सि–आश्वा कमिशन तथा सि–आश्वा रेजिष्ट्रेशन जस्ता महत्वपूर्ण सेवाहरू पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा मात्र ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखेको छ।

ग्राहकहरूले ट्राभल कार्ड इस्यू चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउने छन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long