citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैङ्कको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का विभिन्न एजेन्डा पारित गरेको छ।

साधारण सभाले बैङ्कको हाल कायम रहेको १४,०८,९९,८०,१९० चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ, जसको रकम ७०,४४,९९,०१० पर्छ।

त्यस्तै, ५.५३ प्रतिशतका दरले रु। ७७,९१,७५,९०५ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण, नाफा नोक्सान, नगद प्रवाह तथा स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण सर्वसम्मतिले पारित गरेको छ।

साथै, आगामी वर्षका लागि बाह्य लेखा परीक्षक नियुक्त गर्दै उनको पारिश्रमिक तोक्ने प्रस्ताव पनि अनुमोदित गरिएको बैङ्कले जनाएको छ।

IME Life
kumari