stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

लक्ष्मी सनराइज बैंकले कमायो ३३ करोड २३ करोड खुद नाफा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३३ करोड २३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

शुक्रबार जारी पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार बैंकले यो अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा केही मात्रामा घटेको देखिन्छ । बैंकको अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा थियो ।

बैंकले यो समयमा खुद ब्याज आम्दानीमा सामान्य वृद्धि गरे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो देखिन्छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत बढेको छ भने भने खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत घटेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५।७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २०.३७ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ३८ करोड ७७ लाख रुपैयाँबाट बढेर ५४ करोड ११ लाख रुपैयाँ पुगेको छ।

जसका कारण सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यो अवधिसम्ममा बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ७८ पैसा रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long