stcnepal long ad
national life

कामना सेवा विकास बैंकको  आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण प्रकाशन 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार बैंकले समिक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड निक्षेप संकलन गरि ५३ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले प्रथम त्रयमासको अन्त्यसम्म १९ करोड ७६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत रहेको छ ।

सोही अवधिसम्म बैंकको कुल सम्पत्ती ७१ अर्ब ६३ करोड पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको छ ।

बैंकले हालैमात्र नेपालको बैंकिङ ईतिहासमै नयाँ प्रडक्ट डोरस्टेप बैंकिङ सार्वजनिक गरेको थियो, जसले आफ्ना  ग्राहकहरुलाई घरमै  डिजिटल प्रविधिमा  आधारित बैंकिङ  सेवा  प्रदान  गर्ने जनाएको छ ।

गत महिना सम्पन्न बैंकको १९ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष ८१.८२ को संचित मुनाफावाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

gold
kumari bank
kumari
nawakantipur long