सानिमा बैंकका ग्राहकलाई क्यासब्याक र छुटको अफर
काठमाडौं । सानिमा बैंकले तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ ।
योजना अवधिभर ग्राहकले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु। २०० सम्मको क्यासब्याक र थप १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुंगा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्नेछन् । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ ।




























