stcnepal long ad
ime life insurance
global ime bank long

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता शेयर बिक्रीमा राखेको हो।

उक्त शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति वा संघसंस्था लगायत इच्छुक सबैले आवेदन दिन सक्नेछन्।

शेयर किन्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर आवेदन दिनु पर्नेछ।

आवेदन दिंदा कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। साथै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकिएको पनि बैंैकले जनाएको छ।

prabhu mahalaxmi
kumari