stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकर र उद्योगी–व्यवसायीसँग गभर्नर पौडेलको छलफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी संघका प्रतिनिधि र उद्योगी–व्यवसायीसँग हालको परिस्थितिले उद्योग र वित्तीय क्षेत्रमा पारेको प्रभावबारे शुक्रबार विस्तृत छलफल गरेका छन्।

छलफलमा गभर्नर पौडेलले वित्तीय संस्थाहरू र उद्योगी–व्यवसायीबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै वर्तमान चुनौतीलाई सामना गर्ने उपायबारे सुझाव संकलन गरेका थिए।

जेनजी आन्दोलनका कारण उद्योग र बैंकिङ क्षेत्रमा देखिएका समस्याका विषयमा बैठकमा छलफल भएको थियो ।

राष्ट्र बैंकका अनुसार गभर्नर पौडेलले आर्थिक प्रणालीलाई स्थिर राख्न तथा उद्योग–व्यापारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन नेपाल राष्ट्र बैंक आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, आगामी नीति निर्माण र नियामक निर्णयमा उद्योग तथा वित्त क्षेत्रका सुझावलाई प्राथमिकता दिने आश्वासन समेत दिएका छन्।

prabhu mahalaxmi
kumari