stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र विराट नर्सिङ होममा विशेष छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट दिनेगरी सम्झौता भएको छ ।

विराट मेडिकल कलेजसँग भएको सम्झौता अन्तर्गत बैंकका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५०% छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजीरइसीजी, सिटी स्क्यान रएमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयूरएनआईसीयूरपिआईसीयूमा ५% छुट पाउन सक्नेछन् ।

यस्तै विराट नर्सिङ होमसँग भएको सम्झौताअनुसार बैंकका ग्राहकवर्गहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजीरइसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १०% छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयूरएनआईसीयूरपिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५% छुट र सिटी स्क्यानरएमआरआईमा ७५० सम्म छुट पाउन सक्नेछन् ।

यस विशेष छुट लिनका लागि ग्राहकले इन्भेष्टमेण्टको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari