stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स बैंकको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाइ अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

ग्राहकहरूलाई सरलिकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा २ लाख रुपैयाँसम्म (कम्तीमा रु ५ हजार देखि) ऋण लिन सक्नेछन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari