sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ मा माग भन्दा ४ गुणा बढी आवेदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक -निफ्रा_ ले ७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतका दरले व्याज प्रदान गर्नेगरी जारी गरेको ५ अर्बको हरित उर्जा ऋणपत्रको निष्काशनको कार्य सम्पन्न भएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा जेठ १८ देखि निष्काशन सुरु भएको ऋणपत्र निष्काशनको कार्य मिति जेठ २५ गते सम्पन्न भएको थियो ।

उक्त सयमसिमा भित्र सर्वसाधाण तर्फको २ अर्बको लागि सामूहिक लगानी कोषहरु बाहेक जम्मा ३,०३३ योग्य लगानीकर्ताहरुबाट रु. ३ अर्ब ३८ करोड ५४ लाख ७८ हजारको लागि आवेदन परेको थियो ।

प्राईभेट प्लेसमेन्ट तर्फको ३ अर्बको लागि जम्मा २३ योग्य लगानीकर्ताहरुबाट रु १५ अर्ब ५९ करोड ५५ लाखको लागि आवेदन परेको थियो ।

यस ऋणपत्रमा समग्रमा माग गरिएको भन्दा करिब ४ गुणा बढीले आवेदन परेको र प्रारम्भिक बाँडफाँडको कार्य सम्पन्न भई अन्तिम बाँडफाँड हुने चरणमा रहेको छ ।

prabhu bank
nawakantipur long