महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइ सकिएको छ ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य र कित्ता संख्या भने खुलाइएको छैन ।