ग्लोबल आईएमई बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकिएको छ ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । शेयरको मूल्य र कित्ता संख्या भने खुलाइएको छैन ।