stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनचाँदी व्यवसायीले आईजीपीलाई भेटे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जिल्ला–जिल्लामा ‘हेल्प डेक्स’ स्थापना गरी सुनचाँदी ब्यवसाय सञ्चालनका क्रममा आउने समस्यामा सहजिकरण गर्न सुनचाँदी ब्यवसायीहरुले प्रहरी महानिरीक्षक दिपक थापालाई भेटी आग्रह गरेका छन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रतिनिधि– मण्डलले प्रहरी महानिरीक्षक थापासँग भेटगरी ब्यवसाय सञ्चालनमा क्रममा सुनचाँदी ब्यवसायीहरुले शान्ति सुरक्षा,चोरी सुन खरिदमा धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै त्यसको समाधानको लागि सवै जिल्लामा एउटा–एउटा हेल्प डेक्स स्थापना गरी सोही हेल्प डेक्स मार्फत ब्यवसाय सञ्चालका क्रममा आइपर्ने समस्या समाधान गर्नुपर्ने खाँचो औंल्याएका छन ।

बाई व्याक सुन खरिदका क्रममा ग्राहकले नक्कली बिल बनाएर,पुरानो र पुख्यौली सुन भनी विश्वासमा पारि झुक्याएर व्यवसायीहरूलाई चोरीको सुन बिक्री गर्ने गरेका छन। यसरी अन्जानमा सुन खरिद गरेका ब्यवसायीलाई समेत जघन्य अपराध गरे जसरी प्रहरीले पक्राउ गर्ने, कानुनी कारवाही गर्ने, फौजदारी मुद्दा चलाउने,पसल वर्षौ सिल गर्ने र पसलमा भएका सबै सुनचाँदी तथा गहना लैजाने गरेको सन्दर्भ उल्लेख गर्दै ब्यवसायीहरुले त्यस किसिमको गैरकानुनी गतिविधि अन्त्य गरी निर्वाधरुपमा पेशा ब्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउन माग गरेका छन ।

ब्यवसायीको माग सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सवै जिल्लामा हेल्प डेक्स राख्न सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन। साथै सुनचाँदी ओसार पसारका क्रममा आउने सुरक्षा सम्वन्धी समस्याको समाधान गर्न,सुनचाँदी पसलमा सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाउन र चोरी तथा लुटपाटका घटना रोक्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका पनि छन ।

महानिरीक्षक थापा सँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट कार्यवाहक अध्यक्ष दियेशरत्न शाक्य, प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बज्राचार्य, शान्ति सुरक्षा समन्वय समितिका सदस्य भिष्म गौतम, महानिर्देशक शिल दुवाडी तथा नेपाल सुनचाँदी रत्न तथा आभुषणको तर्फवाट अध्यक्ष किसान सुनार र महासचिव निर वहादुर विक लगायतको सहभागिता रहेको थियो ।

सुनचाँदी क्षेत्रका तीनैवटा महासंघहरुले गत आइतबार मात्र संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बजेटले गरेका विभिन्न बिषयमा विरोध गरेका थिए । त्यस्तै सोमबार अर्थ मन्त्रालयमा एक ज्ञापनपत्र बुझाउँदै विलासिता कर तत्काल खारेज हुनुपर्ने माग गरेका थिए । सुनचाँदीमा सरकारले बिलासी कर थोपरेको छ।

prabhu mahalaxmi
kumari