ज्योति विकास बैंकले मोबाईल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँ नगद फिर्ता दिने

काठमाडौं । ज्योति विकास बैंकले हवाई टिकटमा ५ सय रुपैयाँ नगद फिर्ता दिने भएको छ । बैंकको मोबाईल बैंकिङ एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको जनाएको छ ।
बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरूले ज्योति स्मार्ट एपमार्फत सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउने जनाएको छ । देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५ सय रुपैयाँको सर्वाधिक नगद फिर्ता पाउन सक्ने बैंकको भनाइ छ ।
ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त हुनेछ । बैंकको उक्त योजना जेठ ९ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालनमा ल्याएको जनाएको छ ।