stcnepal long ad
ime life insurance
global ime bank long

महालक्ष्मी विकास बैंक ३१औं वर्षमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशका शहरदेखि ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवा सञ्चालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आजबाट ३०औं वर्ष पार गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवको अवसर यस वर्ष पनि बैंकले विभिन्न सेवामूलक कार्यक्रमको आयोजना गरेको छ। बैंकले हिजो जेठ ६ गते बाग्मती प्रदेशको दरबारमार्ग र हेटौंडामा, सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, टिकापुरमा रक्तदान शिविर सञ्चालन गरेको छ।

त्यसैगरी लुम्बिनी प्रदेशको भैरहवा, नेपालगञ्ज, लमहीमा, कोशी प्रदेशको दमक, विराटनगरमा, गण्डकी प्रदेशको नयाँबजार )पोखरा) र मधेश प्रदेशको श्रीपुर ९वीरगञ्ज० गरी ६ वटा प्रदेशको विभिन्न स्थानहरूमा रक्तदान शिविर चलाएको छ।

त्यस्तै बैंकले जेठ ८ गते दरबारमार्गस्थित मुख्य कार्यालयमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म निःशुल्क स्वास्थ्य जाँच शिविर र जेठ ९ गते सोही स्थान र समयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि अनवरत रूपले सञ्चालित यस बैंकले देशभरका दूरदराजका स्थानहरूमा समेत आफ्नो कार्यालय स्थापना गरेर आम नागरिकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय लगायतलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट, आधुनिक र सरल बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

prabhu mahalaxmi
kumari