stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी, डिजिटल बैंक पनि स्थापना गरिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘बैंक तथा वित्तीय संस्थाको गैर बैकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ ।

सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

prabhu mahalaxmi
kumari