sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

प्राइम कमर्सियल बैंकले ९ महिनामा कमायो २ अर्ब २२ करोड

वितरणयोग्य नाफा साढे ४ सय प्रतिशत बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.५६ प्रतिशत थोरै हो ।

गत वर्षको सोही अवधिमा यस बैंकले २ करोड ८७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।इम्पेयरमेन्ट चार्ट ८९ करोड ५० लाखबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

उक्त चार्ज बढ्दा नाफामा गिरावट देखिएको हो । यता, खुद ब्याज आम्दानी भने ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड पुगेको छ ।

१९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । उक्त रकमबाट कम्पनीले १०.५७ प्रतिशत लाभांश दिन सक्छ ।

gold
prabhu bank
nawakantipur long