stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

विदेशमा रहेका नेपालीलाई नेपालमा बैंक खाता खोल्न सहज, राष्ट्रिय परिचयपत्र नचाहिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपालीलाई नेपालमा बैंक खाता खोल्न सहज व्यवस्था गरिदिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै विदेशमा रहेका नेपालीलाई नेपालमा बैंक खाता खोल्न सहज व्यवस्था गरिदिएको हो।

हाल बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवाय रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने प्रावधान रहेको छ।

एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत नेपालमा बैंक खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात लिएर समेत खाता खोल्न सक्ने व्यवस्था गरिदिएको हो।

यसरी खोलिने खाताका सम्बन्धमा निज खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंकले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ।

यसका साथै आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजात संलग्न गरेर समेत बैंक खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था पनि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गरेर गरिदिएको छ।

prabhu mahalaxmi
kumari