राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ देखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । राष्ट्रि वाणिज्य बैंक लिमिटेडले २०८२ वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपियाँबराबरको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
बैंकले प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाइसकेको छ ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन वैशाख १० गतेसम्म दिनुपर्नेछ । १० गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद २१ गतेसम्मका लागि लम्बिने बैंकले जनाएको छ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।