stcnepal long ad
nabil bank
macchha(MBL)

नबिल बैंकको सीईओबाट ढुंगानाको राजीनामा स्वीकृत

कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन्।

ढुंगानाले सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए। सञ्चालक समितिको आज बिहान बसेको बैठकले चैत १० गतेबाट लागू हुने गरी ढुंगानाको राजीनामा स्वीकृत गरेको छ।

ढुंगाना नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेका छन्। त्यही भएर उनले नबिल बैंकबाट सीईओ पदबाट राजीनामा दिएको बैंक स्रोत बताउँछ।

ढुंगानाको राजीनामा स्वीकृतिसँगै बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी मनोजकुमार ज्ञवालीलाई दिएको छ। ज्ञवाली हाल बैंकमा वरिष्ठ नायब सीईओ छन्।

prabhu mahalaxmi
kumari