stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकले ग्लोवल मनि विकमा विभिन्न कार्यक्रम सञ्चालन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्लोवल मनि विकमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । बैंकले सातै प्रदेशमा रहेका बैंकका शाखाहरूले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका साथै आम नागरिकलाई वित्तीय साक्षरता सम्बन्धि जानकारी प्रदान गरेको जनाएको छ ।

बैंकको औचित्य ब्याजदर, कर्जा, रेमिट्यान्स, डजिटल बैंकिङ्ग, पिन नम्बर, ओटीपी तथा पासवर्ड र यसको  सुरक्षाका  साथै बचत, लगानी,  तथा बैंकसँग  कारोबार  गर्दाका  फाइदा  लगायतका विषयमा तालिमहरू  सञ्चालन  गर्नुका साथै  जनचेतनामूलक ¥यालीहरू  पनि आयोजना  गरेको  जनाएको छ।

बैंकले  सामाजिक सञ्जालबाट समेत चेतनामूलक विभिन्न श्रव्यदृष्य सामग्रीको प्रचार प्रसार गरिएको छ । ग्राहकहरूको प्रगाढ विश्वास र भरोसाले गर्दा यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari