sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

यसै गरी महासङ्घको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ र महिलातर्फ शोभा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुँदा उपमहासचिवमा डिमप्रसाद पौडेल चयन हुनुभएको छ ।

यस्तै सचिवहरूमा  गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन हुनुभएको छ । महासङ्घका तीन आयोगमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टङ्क राउत र अनुशासनतर्फ बालराम भट्टराई चयन हुनुभएको छ । महाधिवेशनले क्षेत्रगत रूपमा ९९ सदस्य केन्द्रीय कमिटी पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष भागीरथ सापकोटाले महासङ्घमा आफू अध्यक्ष भएर आएसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताउनुभयो ।

महासङ्घले अहिले पनि साना तथा मझौला उद्योगी व्यवसायीको हकहितमा काम गरिरहेको जानकारी दिँदै आगामी दिन सबै उद्योगी व्यवसायीले अपनत्व गर्न सक्ने महासङ्घ बनाउने उहाँको प्रतिबद्धता थियो ।

gold
kumari bank
nawakantipur long