sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

ग्रीन डेभलपमेन्ट बैंकको बाह्रौं वार्षिक साधारण सभा चैत २७ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ। बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ।

साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

gold
nawakantipur long