stcnepal long ad
nabil bank
macchha(MBL)

एनएमबि बैंकद्वारा ‘ग्रीन सेभिङ डिपोजिट’ सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनएमबि बैंकले ग्रीन सेभिङ डिपोजिट (हरित बचत खाता) नामक बचत खाता योजना सुरु गरेको छ ।

सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाइ छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिने बैंकले जनाएको छ ।

सो खाताबाट ग्राहकहरुले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari