stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ८१ हजार ८४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साव वा बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

शेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बताइएको छ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

kumari bank
kumari
nawakantipur long