stcnepal long ad
global ime bank long

नेपाल एसबिआई बैंक लि. द्धारा आदर्श बालिका माध्यमिक विद्यालय मोरङमा सामाजिक उत्तरदायित्व कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत,  अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari