citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

ग्लोबल आइएमई बैंकले शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

बैंकको ०८१ मंसिर २७ गते सम्पन्न १८औं साधारणसभाले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट शेयरधनीलाई ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले सोबापतको कर जम्मा गर्न आग्रह गरेको हो ।

ग्लोबल आइएमई बैंक साबिक बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ०७९ पुस २५ देखि एकीकृत कारोबार शुरु गरेका थिए ।

अतः गाभिएको मितिसम्म कायम शेयरधनीलाई गाभिएको मितिदेखि दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था छ । तर एकीकृत कारोबार भएपछि भने कर लाग्छ ।

सोही बमोजिम मंसिर ८ गतेसम्मको शेयर कारोबारबाट प्राप्त लाभांशमा कर लाग्ने व्यवस्था अनुसार ५.५ प्रतिशत शेयरको ५ प्रतिशत कर जम्मा गर्न बैंकले एक सूचनामार्फत आग्रह गरेको छ ।

साथै, शेयर धितो राखेर कर्जा लिएका शेयरधनीको हकमा भने सम्बन्धित बैंकबाट कर्जा फुकुवा प्रमाणपत्र प्राप्त भएपछि मात्रै बोनस शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरिने पनि कम्पनीले जनाएको छ ।

gold
kumari bank