stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति पायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने बैंकले सार्वजनिक निष्कासन गर्नेछ।

एभरेष्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन्। बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari