stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको ११नयाँ शाखा विस्तार, शाखा सञ्जाल १४४

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उदघाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुलसीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उदघाटन गरेको छ । उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका स्थानिय जनप्रतनिधि एंव माछापुच्छ्रे« बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ । बैंकले सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु र १३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा२७७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari